समाचार
मलारानी गाउँपालिकको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ । भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।
जानकारी
-
मिति: 08/29/2022 - 15:32
-
मिति: 09/10/2019 - 14:55
-
मिति: 08/13/2023 - 13:05
-
मिति: 12/27/2020 - 22:21
-
मिति: 06/29/2020 - 12:40
-
मिति: 09/06/2019 - 18:19
-
मिति: 05/25/2018 - 15:15
सेवाहरु


- मृतकको नागरिकता
- सूचकको नागरिकता
- https://public.donidcr.gov.np/


- बाबु आमाको नागरिकता
- बाबु आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता
- जन्ममिति खुल्ने कुनै कागजात


१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२.बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात
३.जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४.बसाई सराई गरी अाउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५.जाने-आउने सबै ब्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपी


१. निवेदन पत्र
२. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा जन्म दर्ता प्रमाणपत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय र्सजमिन पत्र
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय र्सजमिन पत्र


१.निवेदन पत्र
२. बालकको बाबु/आमाको नागरीकता
३. बाबु आमाको बिवाह दर्ताको प्रमाणपत्र
३.अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालको जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी