FAQs Complain Problems

१ नं वडा- छेडाठाँटी

मालारानी गाउँपालिकामा भएको १ नं वडा साविकका मरेङका वडा नं. ४, ५, ६ र अर्घातोषका वडा नं. १ र ६ मिलि बनेका हुन । यस वडामा जम्मा ५२० घरधुरी छन् । यस वडामा जम्मा २०२३ जनसंख्या रहेको छ जसमा ८३१ जना पुरुष र ११९२ जना महिला रहेका छन् ।  १ नं वडाका मुख्य बस्तिहरू छेडाठाँटी, डाडा, कटेरी र चौरी हुन् ।यस वडाबाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा बालकृष्ण आचार्य निर्वाचित हुनु भएको र २०७९ मा अध्यक्षको रुपमा दधिराम आचार्य  निर्वाचित हुनु भएको छ।

Population: 
२०२३
Ward Contact Number: 
९८५७०६७१३८

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ ।  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।

जन प्रतिनिधि

वडा अध्यक्ष

महिला सदस्य

9867215911

वडा सदस्य

९८४७४८९५४५

दलित महिला सदस्य

9847199412

वडा सदस्य

9861803613