समाचार
बजेट तथा कार्यक्रम
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
Red Book 2081/082 |
८१/८२ | 09/01/2024 - 10:19 | छपाई भएर आउने रेडबुक आ.व.२०८१।८१.pdf |
आर्थिक वर्ष २०८१।०८२ को बजेट वक्तव्य । |
८१/८२ | 09/01/2024 - 10:03 | बजेट वक्तव्य.pdf |
नीति तथा कार्यक्रम २०८१/०८२ |
८१/८२ | 07/21/2024 - 19:10 | नीति तथा कार्यक्रम २०८१।८२.pdf |
मालारानी गाउँपालिकाको विनियोजन ऐन, २०८१ |
८१/८२ | 06/25/2024 - 11:51 | बिनीयोजन ऐन २०८१ राजपत्र.pdf |
बार्षिक गाउँपालिका विकास योजना आ.ब २०७९।०८० ( किताब ) !! |
७९/८० | 08/29/2022 - 15:32 | Last Final Yojana Book of Malarani Gaupalika 2079-080 (3).pdf |
Pages
मालारानी गाउँपालिकको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ । भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।