FAQs Complain Problems

३ नं वडा- खनदह

मालारानी गाउँपालिकामा भएको ३ नं वडा साविकको खनदह वडा नं. १ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा ९०० घरधुरी छन् । यस वडामा जम्मा ३४३४ जनसंख्या रहेको छ जसमा १४१४ पुरुष र २०२० महिला रहेका छन् । ३ नं वडाका मुख्य बस्तिहरू खनदह बजार, खनार, साबडाँडा र आरुपाटा रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा स्व.जिवन चौहान निर्वाचित हुनु भएको थियो तथा शोभाखर खनाल अध्यक्षको रुपमा निर्वाचित हुनु भएको थियो र २०७९ मा अध्यक्षको रुपमा डण्डपाणी पोखरेल निर्वाचित हुनु भएको छ ।

Population: 
३४३४
Ward Contact Number: 
९८५७०६३४३४

मलारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङ्को (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलार्इ समेटेर मालारानी गाउँपालिका बनाइएको हो । मालारानी गाउँपालिकाको कूल जनसंख्या २०६८ को जनगणना अनुसार २८,०४४ जना छन् ।  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको खनदह अन्तर्गत खनदह बजारमा रहेको छ । यस गाउँपालिकालार्इ ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालार्इ पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र लक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।

जन प्रतिनिधि

वडा अध्यक्ष

कार्यपालिका सदस्य

वडा सदस्य

दलित महिला सदस्य

वडा सदस्य